Logo
Logo

महानगरले हटायो तिहारका लागि सजाइएको फूलमाला


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ ।

आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।

महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ । व्यापारीले फुटपाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको बताए ।

प्रतिक्रिया दिनुहोस्