Logo
Logo

हत्या अनुसन्धानमा सघाएको ‘पप्पी’ बन्यो सर्वोत्कृष्ट कुकुर


2.8k
Shares

काठमाडौं । काठमाडौं जिल्लामा भएका दुईवटा हत्या अनुसन्धानमा सघाएको ‘पप्पी’ नामको कुकुरलाई प्रहरीले यस वर्षको उत्कृष्ट कुकुर ठहर गरेको छ ।

विगत डेढ वर्षदेखि अपराध अनुसन्धान कार्यमा खटिँदै आएको उक्त पोथी कुकुर जर्मन शेफर्ड जातको हो । नेपाल प्रहरी केनाईन महाशाखाका अनुसार पप्पीको रेखदेख तथा तालिममा खटिएका प्रहरी हवलदार रामबहादुर गुरुङ उत्कृष्ट ‘डग ह्यान्डलर’ बने ।

नेपाल प्रहरीसँग अपराध अनुसन्धान तथा सुरक्षामा सघाउने ९३ वटा कुकुरहरू छन् । कुकुर तिहारका दिन कुकुरलाई मृत्युको राजा यमराजको दूतका रूपमा पूजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्