
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिक बन्दसूचीबाट हटाएको छ ।
परियारविरुद्ध उजुरी परेपछि आयोगले नाम हटाएको हो । उनी सरकारको लाभको पदमा रहेकाले आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उजुरी गरेकी थिइन् ।
कांग्रेसले बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।











