
काठमाडौं । गोरखामा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।
कार्तिक ६ गते गोरखा जिल्ला अस्पतालका डा. अविनाश पराजुलीमाथि बिरामी हेरिरहेको अवस्थामा हातपात गरिएको थियो । निरन्तर स्वास्थ्य सेवाप्रवाह गरिरहेको चिकित्सकमाथि नै हातपात, अभद्र व्यवहार र धम्की दिने जस्ता अत्यन्तै अमानवीय क्रियाकलाप निन्तनिय रहेको उल्लेख छ ।
समग्र स्वास्थ्य सेवा प्रवाहमा नकरात्मक असर पर्ने भएकाले घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न पनि संघले माग गरेको छ ।











