
काठमाडौं । तिहारको मुख्य दिन भाइटीका आज मौसम सफ रहनेछ ।
टीका लगाउन जाने दिदीबहिनी तथा दाजुभाइलाई मौसम सफा हुने हुनाले सहज हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, वागमती र गण्डकीका सीमित ठाउँमा मात्र हल्का वर्षाको सम्भावना छ ।
राति पनि अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ ।
शुक्रबार र शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहने बताइएको छ ।











