काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा शनिबार राती भएको भागदौडमा १५१ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले भागदौडपछि भएको घटनाले स्तब्ध बनाएको भन्दै मृतकहरूप्रति श्रद्धाञ्जली र कोरिया सरकार एवं मृतकका आफन्तमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।
सोल शनिबार राती भागदौडको घटना हुँदा १५१ जनाको मृत्यु भएको थियो । बीबीसीका जनाएअनुसार हालुविन मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–एओलले आज राष्ट्रिय शोकको घोषणा गरेका छन् ।











