काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने विषय घोषणापत्रमा समेटेको छ ।

सोमबार सर्वजनिक भएको घोषणापत्रमा अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था गर्ने उल्लेख छ । राजनैतिक दलरहित संवेधानिक परीषद् निर्माण गर्ने, एक व्यक्तिले २ कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने मुद्दा पनि अगाडि सारेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।












