Logo
Logo
एकीकृत समाजवादीको घोषणा

५० करोड लगानी गर्ने विदेशीलाई लगानीकर्ता परिचयपत्र


441
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने भएको छ ।

वैदेशिक लगानीलाई प्रोत्साहान गर्न परिचयपत्र भएका नागरिकले सुविधा प्राप्त गर्ने विदेशी नागरिकले कमाएको मुनाफा फिर्ता लैजान पाउने स्पष्ट कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले नेपालमा वैदेशिक लगानीको पर्याप्त सम्भावना छ तर झन्झटिलो कानुनी प्रक्रिया तथा कर्मचारीतन्त्रको असहयोगका कारण आशा गरेअनुसार लगानी आउन नसकेको बताउँदै मुलुकको राष्ट्रिय हित र आवश्यकता अनुरुप विदेशी लगानीलाई प्रोत्साहित गरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

घोषणपत्रमा उल्लेख छ, ‘लगानीलाई झन्झटरहित सरल कानुनी र प्रशासनिक प्रकृयाबाट लगानीमैत्री वातावरण सृजना गरिने छ । नेपालमा उत्पादनशील उद्योगमा लगानी गरेको विदेशी नागरिकले कानुनबमोजिम सम्पत्ति खरिद–बिक्री गर्नसमेत पाउनेछन्।’

प्रतिक्रिया दिनुहोस्