Logo
Logo

एकीकृत समाजवादीको प्रतिवद्धता : महिलालाई समान अधिकार र अवसर


252
Shares

काठमाडौं । नेकपा एकीृकृत समाजवादीले महिलालाई समान अधिकार र अवसर प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा महिला तथा बालिकाहरूमाथि हुने हिंसा रोक्ने कामलाई उच्च प्राथमिकता दिइने उल्लेख छ ।

महिलाको हित : हरघर सुरक्षित
–महिलालाई समान अधिकार, सम्मान र अवसरमा प्राथमिकता दिन हामी प्रतिवद्ध छौँ । महिला तथा बालिकाहरूमाथि हुने हिँसा रोक्ने कामलाई उच्च प्राथमिकता दिइने छ । महिला तथा बालबालिका माथि हुने हिंसा, बलात्कार, यौनशोषण र ओसारपसार तथा बेचबिखनजस्ता जघन्य अपराधलाई पूर्णरूपमा नियन्त्रण गरिने छ । यस्तो अपराध कार्यमा लाग्नेलाई हदै सम्मको कानूनी कार्वाही व्यवस्था गरिने छ । हिंसा पीडितहरूलाई राज्यले संरक्षण दिने व्यवस्था गरिने छ ।

–बहुविवाह, बालविवाह, अनमेल विवाहजस्ता सामाजिक कुरीतिलाई पूर्णतः निषेध गर्ने सामाजिक रूपान्तरणका कार्यक्रम लागु गरिने छ, एक्काइसौं शताब्दीमा सामाजिक कलङ्कको रूपमा रहेका बोक्सी, छाउपडीलगायतका कुप्रथाहरूको समूल नष्ट गर्ने हाम्रो सङ्कल्पलाई व्यबहारमा उतारिनेछ ।

–जनप्रतिनिधित्व हुने सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने छ र हरेक क्षेत्रमा महिला सहभागिता बढाउँदै लगी ५० प्रतिशत पु¥याउन पहल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्