Logo
Logo

प्रतिव्यक्ति आय ३ लाख पुर्याउने एमालेको घोषणा


1.3k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी ३ लाख रुपैयाँ पुर्याउने घोषणा गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमाले पाँच वर्षको अवधिमा प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डल अर्थात ३ लाख रुपैयाँ पुर्याउने घोषणा गरेको हो ।

प्रतिव्यक्ति आय ३ लाख पुर्याउनका लागि कृषिको व्यवसायिकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने नीति एमालेले अघि सारेको छ ।

त्यसैगरी, पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गर्ने, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्याउने एमालेको घोषणापत्रमा उल्लेख छ ।

एमालेले पाँच वर्षको अवधिमा कुल गार्हस्थ उत्पादन (जिडिपी) १०० खर्ब पुर्याउने समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्