Logo
Logo

ओलीलाई प्रचण्डको चुनौती- सक्छु हुन्छ भने तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस्


3.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

ओलीले चुनावपछि आफू प्रधानमन्त्री बन्ने र गठबन्धनको निर्णय सुन्ने बताएको ४८ घण्टा नबित्दै प्रचण्डले यस्तो चुनौती दिएका हुन् ।

बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् । प्रचण्डले भने, ‘सक्छु हुन्छ भने तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’

ओलीले आइतबार एक कार्यक्रममा बोल्दै भनेका थिए, ‘चुनावपछि मै प्रधानमन्त्री बन्छु । तर, गठबन्धनबाट प्रधानमन्त्री बन्ने कोही छ ? म निर्णय सुन्न चाहन्छु ।’ उनले गठबन्धनमा रहेका शीर्ष नेताहरुले प्रधानमन्त्री बन्ने चाहन देखाएको भन्दै यस्तो कटाक्ष गरेका थिए ।

अध्यक्ष प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएरमात्रै बनाएको बताए । प्रचण्डले भने, ‘उहाँले नक्साको कुरा गर्नुहुन्छ । केपी ओलीले होइन यो नक्सा बनाएको भ्रममा नपर्नुहोला । नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो ।’ उनले चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने काम ओलीले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्