बागलुङ । निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता पक्राउ परेका छन् । नेकपा बहुमतका तीन जना नेता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार गलकोट नगरपालिका १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवर पक्राउ परेका छन् । उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद भएको प्रहरीले जनाएको छ ।












