Logo
Logo

ओली बौलाएको होकि, के बोल्छन् बोल्छन् : अध्यक्ष नेपाल


5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली अहिले बर्बराएर हिँडिरहेको बताएका छन् । बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन अधयक्ष नेपालले ओलीमाथि यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई ढालेर देखाएको बताउँदै भने, ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । तर, अहिले टक्कर दिएपछि केपी ओली बौलाएको होकि, के बोल्छन् बोल्छन् । बरबराएको होकि उटपटयाङ कुरा गर्छन ।’

अध्यक्ष नेपालले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको समेत बताए । चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने उनको भनाइ छ ।

‘झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरु हुनसक्छ’ अध्यक्ष नेपालले केपी ओलीप्रति लक्षित गर्दै भने, ‘जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’

उनले गफाडीको गफमा नअल्मलिनुसमेत आग्रह गर्दै भने, ‘गफमा अल्मिलियो भने समयको वर्बाद मात्र हुन्छ । त्यसले गफाडीको पछाडि नलागौँ ।’

कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी अध्यक्ष नेपालले टीका र खादा लगाएर स्वागत गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचन लक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ बढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

कार्यक्रममा बोल्दै लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण नेकपा एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निश्कर्षसहित आफूहरु समाहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्