काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गर्दै आएको गाडी तोडफोड भएको छ ।

प्रहरीका अनुसार लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको सो गाडी तोडफोड भएको हो । आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।
‘गाडीमा सामान्य क्षति पुगेको सूचना आएको छ, हाम्रो टोली पुगेर बुझ्दै छ’, एक प्रहरीले भ ने। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।












