Logo
Logo

निर्वाचनको दिन आन्तरिक सवारी आवगमनमा राेक


693
Shares

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन काठमाडौं उपत्कामा बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म आन्तरिक सवारी आवगमन बन्द हुने भएको छ ।

बुधबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । तर, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने हिँड्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाइने भएको छ । मतगणनास्थल वरपर भने गणना नसकिएसम्मलाई रोक लगाउने निर्णय भएको उनले बताए ।

निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय बैठकले गरेको छ ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरुले शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगन गर्ने पनि बैठकले निर्णय गरेको छ ।.निर्वाचनको दिन उपत्यकामा आन्तरिक सवारी आवगमनमा राेक

प्रतिक्रिया दिनुहोस्