Logo
Logo

प्रचण्ड सहभागी हुने कार्यक्रममा बम विस्फोट गराउने युवा पक्राउ


11.1k
Shares

काठमाडौं । भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट गराउने युवा पक्राउ परेका छन् । 
बम विस्फोट गराएको आरोपमा प्रहरीले अरुण गाउँपालिका घर भएका सुमल श्रेष्ठलाई पक्राउ गरेको हो । विस्फोटका कारण सुमलसहित एक महिला सामान्य घाइते भएका छन् । 

प्रहरीका अनुसार सुमलले झोलामा बोकेका बम विस्फोट भएको हो । प्रहरीले ति युवालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत जाँदैछन् । प्रचण्ड र महत भने कार्यक्रमस्थल पुगिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्