Logo
Logo
कला

‘सानैदेखि नक्कल गर्न रुचाउँथेँ’



काठमाडौं बनस्थलीकी सलिना महर्जन सानैदेखि नृत्य र अभिनयमा रुची राख्थिन् । ठूली भएपछि उनलाई मोडलिङमा पनि इच्छा जाग्न थाल्यो । त्यही इच्छाले सलिना ‘मिस नेवाः’को ताज पहिरिन सफल भइन् । यस वर्षकी ‘मिस नेवाः’ सलिना भन्छिन्, ‘मैले सानैदेखि पर्फमर थिएँ, त्यसैले नै मिस नेवाःको ताज आफ्नो शीरमा पार्न सफल भएँ ।’

‘मिस नेवाः’ यस्तो प्रतियोगिता हो । जसमा एक पटक सहभागी हुन नेवार समुदायका किशोरी एवं युवतीहरुले सपनाकै रुपमा लिएका हुन्छन् । नेवार समुदायको भाषा, भेषभूषा र संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले दुई दशकअघि नेप्लीज फेसनहोमले ‘मिस नेवाः’को आयोजना सुरु गरेको हो ।

अहिलेसम्म ‘मिस नेवाः’ चुनिएहरु प्रायः नेपाल भाषा, संस्कृति र कलाको प्रवद्धन र सामाजिक क्षेत्रकै क्रियाशील छन् । तर, पछिल्लो ‘मिस नेवाः’ सलिनाले भने मोडलिङलाई पनि प्यासनका रुपमा लिएकी छन् । उनी भन्छिन्, ‘शोसलवर्कसँगै मोडलिङ पनि मेरो प्यासन हो ।’ सलिना महर्जनसँग दृष्टिको जम्काभेट :

‘मिस नेवाः’मा आउनुअघि यस प्रतियोगिताबारे सुन्नुभएको थियो ?
‘मिस नेवाः’बारे बच्चैदेखि सुनेको थिए । मलाई ‘मिस लिटिल नेवाः’मा सहभागी हुने इच्छा पनि थियो । तर, त्यो समयमा मौका मिलेन । त्यसपछि ‘मिस नेवाः ११४१’ मा सहभागी हुने सोचेकी थिएँ । त्यो बेला पनि मेरो पढाइले गर्दा समय मिलेन । तैपनि डान्स फर्पमेन्स गरेकी थिएँ । त्यो बेला ब्याकस्टेजमा बसेर अझ नजिकबाट ‘मिस नेवाः’बारे बुझेर यस पटक सहभागी भएकी हुँ ।

‘मिस नेवाः’ उपाधि जितेपछि आफूमा के चेन्जेज पाउनुभयो ?
व्यक्तिगत रुपमा आफूमा केही चेन्ज पाएकी छैन । तर, महिनेत गरेपछि सफलता पाइँदोरहेछ भन्ने अनुभव भएको छ ।

प्रतिस्पर्धीमाझ तपाइँले उपाधि जित्नुको कारण ?
सबै पार्टिसिपेन्ट ट्यालेन्ट र राम्रा थिए । सबै पढेलेखेका थिए । हाम्रो एकदमै कडा प्रतिस्पर्धा थियो । तैपनि सिक्दै जाँदा ताज जित्छु जस्तो लाग्यो किनकि म मा कन्फिडेन्ट डेभलभ हुँदै गयो । साथै, म पर्फमर पनि हुँ । सानैदेखि डान्स गर्दै आएकी हुँ । र, विशेषगरी टप-५ मा सोधिएको एउटा प्रश्नको उत्तरले गर्दा मैले जितेको जस्तो लाग्छ ।

के प्रश्न गरिएको थियो र के जवाफ दिनुभएको थियो ?
कार्यक्रम स्थानीय तह निर्वाचनकै बेला थियो । त्यसैले जर्जले हामीलाई ‘काठमाडौं महानगरपालिकाको आगामी मेयरमा कस्तो गुण भएको हुनुपर्छ ?’ भन्ने प्रश्न सोधिएको थियो । त्यसमा मैले ‘भिजन र मिसन भएको मेयर हुनुपर्छ । र, काठमाडौं सिटीलाई स्मार्ट सिटी नभएर हेरिटेज सिटी बनाउने अवधारणा भएको मेयरको खाँचो छ’ भन्ने जवाफ दिएकी थिएँ । साथै, यहाँ निर्वाचनका बेला आर्कषक घोषणापत्र बनाउने तर कार्यन्वयन नगर्ने प्रवृत्ति छ, तर, आगामी काठमाडौंको मेयरको त्यस्तो अवस्था नहोस् भनेकी थिएँ ।

तपाइँ डान्सर पनि हो । कहाँ सिक्नुभयो ?
मैले सानैदेखि डान्स गर्दै आएकी हुँ । डान्समा रुची भएपछि शेल्फ प्राटिक्स गर्दै आएँ । अहिलेसम्म मैले डान्सको विशेष कोर्ष लिएकी छैन । जति पनि पर्फमेन्स गर्दै आएकी छु, शेल्फ प्राटिक्सबाटै हो ।

तपाइँ मोडलिङ र अभिनयमा पनि रुची राख्नुहुन्छ ?
हो, मलाई सानैदेखि नक्कल गर्न रुचाउँथे । त्यसैले मोडलिङ र अभिनयमा पनि रुची राख्थेँ । अहिले पनि रुची छ । मिस नेवाःमा सहभागी हुनअघि पनि डान्स पर्फमेन्ससँगै मोडलिङ गर्दै आएकी थिएँ ।

फिल्ममा नायिकाको लागि प्रस्ताव आयो भने काम गर्नुहुन्छ ?
गर्छु । मलाई सामाजिक र सन्देशमूलक फिल्म मनपर्छ । विशेषगरी कल्चरल र महिलाप्रति जागरुकता जगाउने फिल्ममा काम गर्ने मेरो इच्छा छ ।

मिस नेवाले शोसलवर्कलाई फोकस गर्दै आएका छन् । शोसलवर्कमा तपाइँको रुची छैन ?
मिस नेवाको शोसलवर्क त मुख्य क्राइट एरिया नै हो । त्यसैले शोसलवर्क त छँदैछ । शोसलवर्कमा अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई फोकस गरेका काम गदैछु । मिस नेवा भइसकेपछि निःशुल्क आँखा शिविर र केही विद्यालयहरुमा स्टेशनरी सामग्री वितरण गरिसकेकी छु । त्यसबाहेक मोडलिङ र अभिनयलाई सँगसँगै लैजाने मेरो सोच हो ।

‘मिस नेवाः’को मुख्य काम नेवारी संस्कृतिको प्रवद्र्धन गर्नु हो । तपाइँको योजना के छ ?
नेपालभाषा र संस्कृतिको प्रवद्र्धन र सम्वद्र्धनप्रति पनि मेरो रुची छ । जहाँसम्म हिजोआज अर्थात पछिल्लो समय विद्यालयहरुमा अंग्रेजी पढाइले हाम्रो भाषालाई अतिक्रमण गर्दैछ । हिजोआजका बालबालिका आफ्नो भाषा बोल्नै छाडिसकेका छन् । म मिस नेवाः भएको नाताले अबका पुस्तालाई नेपाल भाषा सिकाउन जरुर देख्छु । त्यसका लागि काम गर्ने मेरो सोच छ ।

तपाइँको हवी के हो ?
मलाई डान्स र म्युजिकमा हवी छ । म म्युजिकल इन्स्टुमेन्टहरु पनि बजाउँछु । जसमा गिटार, बाँसुरी र नेवारीबाजाहरु बजाउने गरेकी छु ।

तपाइँको लक्ष्य के हो ?

मलाई आईटी सम्बन्धी इच्छा छ । मेरो दाई पनि आईटी इन्जिनियर हुनुहुन्छ । त्यसैले म पनि भविष्यमा आईटीसम्बन्धी नै काम गर्ने इच्छा छ । मेरो पढाइ पनि आईटी सम्बन्धी नै हो ।

प्रतिक्रिया दिनुहोस्