Logo
Logo

काठमाडौं-७ : रास्वपाको अग्रता, चौथो स्थानमा मानुषी


3k
Shares

काठमाडौं । काठमाडौ–७ को मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले अग्रता लिएका छन् । अहिलेसम्म उनी १७७ मतसहित अग्रता लिएका हुन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराई चौथो स्थानमा छन् । एमालेका घिमिरेले ९३ मत पाउँदा मानुषीले ७५ मत पाएकी छन् ।

हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।

यस्तै, प्रदेशसभातर्फ हालसम्म एमालेले १५१, एकीकृत समाजवादीले २८६ र राप्रपाले ११६ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्