Logo
Logo

इलाम-१ मा ११ र दाङ-२ मा १२ बजेदेखि मात्र मतगणना सुरु हुने


378
Shares

काठमाडौं । इलाम– १ मा आज बिहान ११ बजेबाट मात्र मतगणना सुरु हुने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।

यस क्षेत्रका एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालका अनुसार खाना खाएर मात्र मत गणना सुरु गर्ने सहमति भएको छ । यस क्षेत्रबाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका खनाल, नेकपा एमालेबाट महेश बस्नेत छन् ।

यस्तै, दाङ क्षेत्र नम्बर १ मा पनि १२ बजे मात्र गणना सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो ।

यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्