Logo
Logo

चित्रबहादुर केसी झण्डै दोब्बर मतले अगाडि


8.2k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्रबहादुर केसीले फराकिलो अग्रता लिएका छन् ।

मतगणनाको सुरुवाती चरणमा निक्कै पछि परेका केसीले पछिल्लो गणनामा ४८८ मतको अग्रता लिएका हुन् ।

पछिल्लो गणनाअनुसार केसीले ११७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकले ६९० मत पाएका छन् ।

बाग्लु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेल तेस्रो स्थानमा छन् । उनले हालसम्म ४१५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्