Logo
Logo

कांग्रेस ३ क्षेत्रमा विजयी, ४० क्षेत्रमा अगाडि (सूचीसहित)


12.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ हालसम्म नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ क्षेत्रमा जित हात पारेको छ । अन्य दलले भने खाता खोल्न सकेका छैनन् ।

मतगणनाको दोस्रो दिन राति १२ बजेसम्ममा कांग्रेसले ४० निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

काठमाडौं–५ मा प्रदीप पौडेल, नवलपवुर–३ मा विष्णुकुमार कार्की, दाङ–३ मा दीपक गिरी, दार्चुला–१ मा दिलेन्द्रप्रसाद बडू र पर्वत–१ मा अर्जुनप्रसाद जोशीले अग्रता लिएका छन् ।

त्यसैगरी, कञ्चनपुर–२ मा एनपी साउद, धादिङ–२ मा रामनाथ अधिकारी, कन्चनपुर–३ मा रमेश लेखक, सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की, रौतहट–४ मा देवप्रसाद मिलसेना र नवलपरासी–१ मा विनोद चौधरीले अग्रता लिएका हुन् ।

त्यसैगरी, नुवाकोट–२ मा अर्जुन नरसिंह केसी, भक्तपुर–२ मा दुर्लभ थापा, रुपन्देही–३ मा बालकृष्ण खाँड, कास्की–१ मा किशोरदत्त बराल, काठमाडौं–१० मा राजेन्द्रकुमार केसी र रुपन्देही–५ मा भरतकुमार शाहले अग्रता लिएका छन् ।

त्यस्तै, सुर्खेत–२ मा हृदयराम थानी, काठमाडौं–३ मा सन्तोष चालिसे, सप्तरी–३ मा दिनेशकुमार यादव, तनहुँ–२ मा शंकर भण्डारी, पर्सा–२ मा अजयकुमार चौरासिया र कपिलवस्तु–२ मा सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् ।

त्यसैगरी, स्याङ्जा–१ मा राजु थापा, सप्तरी–४ मा तेजुलाल चौधरी, अछाम–२ मा पुष्पबहादुर शाह, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, पर्सा–४ मा रमेश रिजाल, नवलपुर–१ मा शशांक कोइराला, मोरङ–६ मा शेखर कोइराला र मकवानपुर–१ मा डिना उपाध्ययले अग्रता लिएका छन् ।

त्यस्तै, झापा–१ मा विश्वप्रकाश शर्मा, डडेल्धुरा–१ मा शेरबहादुर देउवा, काठमाडौं–१ मा प्रकाशमान सिंह, तनहुँ–१ मा रामचन्द्र पौडेल र काठमाडौं–४ मा गगन थापाले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्