Logo
Logo

माओवादी केन्द्रले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता लियो (सूचीसहित)


8.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ हालसम्म माओवादी केन्द्रले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता अग्रता लिएको छ । सोमबार राति १२ बजेसम्मको मतगणना अनुसार सर्लाही- २ मा महिन्द्र राय यादव, सर्लाही-३ मा नरेन्द्र साह कलवार, बाग्लुङ-२ मा देवेन्द्र पौडेलले अग्रता लिएका छन् ।

त्यस्तै, सिन्धुली-२ मा लेखनाथ दाहाल, मोरङ-४ मा अमनलाल मोदी, रोल्पा-१ मा बर्षमान पुन, दाङ-२ मा रेखा शर्मा, गोरखा-२ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जाजरकोट-१ मा शक्तिबहादुर वस्नेतले अग्रता लिएका छन्।

नेपाली कांग्रेसले अहिलेसम्म २ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने नेकाप एमालेले एक निर्वाचन क्षेत्रमा विजय हासिल गरको छ । कांग्रेसबाट मुस्ताङ -१ का उम्मेदवार योगेश गौचन थकाली विजय भएका छन् भने मनाङ-१ बाट टेक बहादुर गुरुङ विजय भएका छन् ।

त्यस्तै, प्रतिनिधिसभातर्फ हालसम्म एमालेले ललितपुर-२ बाट प्रेम बहादुर महर्जन विजय भएका छन् । अन्य दलहरुबाट भने कुनै उम्मेदवारी विजय भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्