Logo
Logo

एकीकृत समाजवादीले ९ क्षेत्रमा अग्रता लियो (सूचीसहित)


40.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

प्रतिनिधिसभातर्फ हालसम्म नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ क्षेत्रमा जित हात पारेको छ । अन्य दलले भने खाता खोल्न सकेका छैनन् ।

मतगणनाको दोस्रो दिन राति १२ बजेसम्ममा नेकपा एकीकृत समाजवादीले ९ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

दाङ–१ मेटमणी चौधरी, धादिङ–१ मा राजेन्द्रप्रसाद पाण्डे, पाल्पा–२ मा पोमप्रसाद पाण्डे र सल्यान–१ मा प्रकाश ज्वालालले अग्रता लिएका छन् ।

त्यसैगरी, बारा–४ मा कृष्णकुमार श्रेष्ठ, अछाम–१ मा शेरबहादुर कुँवर, डोटी–१ मा प्रेम आल र रौतहट–१ मा अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्