Logo
Logo

मेगा बैंकले ७ पुसमा डाक्यो साधारणसभा


945
Shares

काठमाडौं । मेगा बैंक नेपालले ७ पुसमा बार्षिक साधारणसभा डाकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने विशेष प्रस्तावसहित लाभांश वितरणको एजेण्डा साधारणसभामा गर्न लागेको हो ।

बैंकले गत बर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाँदैछ । यसबाहेक बैंकले इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ बराबर मेगाको ९० रुपैयाँ प्रति सेयर मूल्य कायम गरेर मर्जरमा जाने प्रस्ताव पनि लैजाँदैछ ।

दुवै प्रस्ताव साधारणसभाले पारित गरेपछि मर्जर र लाभांश वितरणको प्रकृया अगाडि बढ्ने बैंकले जनाएको छ । दुवै बैंकले पुस मध्यसम्म एकिकृत कारोबार गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्