Logo
Logo

अर्थमन्त्रीलाई बर्खास्त गर्न गोकुल बास्कोटाको माग


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्।

रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले एक साताअघि भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै आएका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत वाग्लेलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन शाहसँग माग गरेका हुन्।

वाग्लेले राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको सन्दर्भमा बाँस्कोटाले पृथ्वी नारायण शाहको प्रसिद्ध भनाई उद्धृत गर्दै वाग्लेको आलोचना समेत गरेका छन् । वाग्लेको नाम नलिइ बास्कोटाले उनलाई पदबाट हटाउन प्रधानमन्त्री बालेनलाईसमेत आग्रह गरेका छन्।

‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग,’ बाँस्कोटाले लेखेका छन्, ‘तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुईढुंगाको तरुलको सुत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेण्डुप उफ्रने? किक आउट हिम, पिएम!’

वाग्लेले यही कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ लाई सम्बोधन गर्ने क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताएका थिए । वाग्लेले दिएको उक्त अभिव्यक्ति राष्ट्रघाती भन्दै अहिले विभिन्न व्यक्तिहरूले उनको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्