Logo
Logo

सर्वाधिक मत ल्याउनेमा ओली, दोस्रोमा रवि लामिछाने


4.7k
Shares

नेकाप एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट सर्वाधिक मत ल्याएर निर्वाचन जितेका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जिते । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो सर्वाधिक मतसहित चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । लामिछानेले ४९ हजार ३०० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ भोट पाए ।

प्रतिक्रिया दिनुहोस्