काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच आज भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवासमा अध्यक्ष रावतलाई स्वागत गर्दै उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्तागठबन्धनमा सहकार्य गर्ने विषयका अलावा समसामयिक विषयका बारेमा छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जनाएको छ ।














