
१. तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको नेकपा (माओवादी केन्द्र)को ठहर, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा गठबन्धन फोड्ने वा तोड्ने पक्षमा नरहेको निष्कर्ष, बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा, सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने ।

२. यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन नेपाली कांग्रेसको निर्देशन, पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गर्नेविरुद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन ।

३. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने, चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइयो, गठबन्धन दलको बैठक सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने, बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माण लगायत विषयमा छलफल हुने ।

४. मंसिर २८ गतेभित्र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी, पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता जारी रहने भनाइ, समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहेको भनाइ ।

५. अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलको भनाइ, सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको अभिव्यक्ति, कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बनाउने दाबी, नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने भनाइ ।

६. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्राचार, अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्रचार ।

७. संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूको आग्रह, नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह, पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने भनाइ ।

८. नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अंकमा पुग्यो, आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार, कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढ्यो ।

९. आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित, नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित, यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लियो, नेपालले जितका लागि एक सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो ।

१०. इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा हजारौँ मानिस भागाभाग, करिब दुई किलोमिटरमाथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको इन्डोनेसियाली अधिकारीको भनाइ, विस्फोटपछि करिब दुई हजार मानिसलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारियो ।















