काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार भएको छ । प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी अभियन्ता तारा बरालले वकिलहरूलाई जुत्ता हानेका हुन् ।

आज प्रधानन्यायाधीश राणाले कार्यालय फर्किने तयारी गरेपछि बारको निर्णयअनुसार वकिलहरू धर्ना दिन सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन् ।
अभियन्ता बरालले धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरेका थिए । यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेका हुन् । ।
सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका छन् । उनको जुत्ता सर्वोच्चभित्र फ्याँकिएको छ । तारा बराल एउटा जुत्तामा छिन् ।














