
१. निलम्बनका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय, संसदका महासचिव डा. भरतराज गौतमले राणालाई महाअभियोग निष्क्रिय भएको पत्र थमाए, राणामाथि क्लिन चिट दिइएपछि सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु धर्ना, संसदको महासचिव जबरालाई क्लिन चिट दिनु नियमविपरीत भएको कानुन व्यवसायीको भनाइ ।

२. संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर, बुधबार सचिवालयका महासचिव डा. गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय पार्न कानुनी आधार नभएको र उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेजको माग ।

३. प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भनाइ, अबको प्रतिनिधिसभामा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने भनाइ, महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति भएको अभिव्यक्ति ।

४. संसद सचिवालयका महासचिवलाई महाअभियोग प्रस्ताव नै निष्क्रिय पार्ने अधिकार नभएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङको भनाइ, चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसदका महासचिव डा. भरतराज गौतमले ‘क्लिन चिट’ दिएपछि महासचिव गुरुङको आपत्ति, महाअभियोग प्रस्ताव निष्क्रिय पार्नुअघि सभामुखसँग पनि सल्लाह नगरको दावी ।

५. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएर निलम्बन फुकुवा हुनुलाई न्यायालयका लागि दुर्भाग्यपूर्ण भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको भनाइ, अदालतमा एकपछि अर्को घटना हुनु दुःखद भएको अभिव्यक्ति, अदालतका विषयमा पटक–पटक धर्नामा उभिनु वा आन्दोनलमा आउनु निकै दुःखद भएको भनाइ ।

६. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव कुन संवैधानिक वा कानूनी व्यवस्थाले निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतको प्रश्न, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सम्पूर्ण न्यायाधीशहरूको बैठकले नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गरको हो ? भन्दै प्रश्न ।

७. निर्वाचन आयोगद्वारा गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट, प्रतिनिधिसभातर्फ एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रेले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले समान ५/५ सिट पाए ।

८. मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई नेकपा एमालेको निर्देशन, मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको सचिव योगेश भट्टराईद्वारा जानकारी, सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फत समेत निर्वाचनको समीक्षा गर्ने एमालेको तयारी ।

९. धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम, आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार ।

१०. एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई ६ वर्षको जेल सजाय, सार्वजनिक पद धारणमा आजीवन प्रतिबन्ध, तीन जना न्यायाधीशको इजलासले उनलाई रकम हिनामिनामा दोषी ठहर गरे पनि आपराधिक सङ्गठन सञ्चालनको अभियोगमा सफाइ ।















