काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । अहिले पौने १२ बजेबाट स्थायी कमिटीको १३औं पूर्ण बैठक सुरु भएको हो ।

बैठकले निर्वाचनको समीक्षासहित प्रदेशसभा अन्तर्गत समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउनका साथै पार्टीको समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित केन्द्रीय नेताहरुको सहभागिता रहेको छ ।














