Logo
Logo

अर्घाखाँचीको गोरुसिंगेमा कार दुर्घटना, पाँच जना घाइते


1.1k
Shares

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गेमा शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरु एकै परिवारका हुन् ।

सुपादेउराली दर्शन गरेर फर्कने क्रममा गोरुसिंगे सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुलनजिकै ग३ज १५७९ नम्बरको कार सडकबाट सितखोलामा खसेको थियो ।

दुर्घटनामा घाइते हुनेहरूमा तनहुँ आँबुखैरेनी गाउँपालिका–३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी, ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये प्रकृति त्रिपाठी र चालक शिसन त्रिपाठीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि घाइते सबै जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । कारको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्