Logo
Logo

रोटरीद्वारा रक्तदान कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ ।
रोटरी क्लब अफ काठमाडौं वेष्ट, नमोः हारति बचत तथा ऋण सहकारी संस्था र शाल्ट ट्रेडिङ कर्पाेरेसनको संयुक्त आयोजनामा गत शनिबार कालिमाटीमा बृहत् रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


हरेक वर्ष जस्तै यस वर्ष आयोजना गरिएको कार्यक्रममा एक सय ६८ जनाले रक्तदान गरेका छन् । त्यस्तै पाँच सय भन्दा धेरैले निशुल्क स्वास्थ्य परिक्षण पनि गरेका छन् । एक सय ६५ जनाले सुगर, प्रेसर र यूरिक एसिड परिक्षण गराएका थिए । त्यस्तै ४० जनाले दाँतसम्बन्धि, एक सय जनाले म्यानुअल र थर्मल थेरापीको परिक्षण गरेका थिए । गाइनो तथा जनरल चेकअप समेत स्वास्थ्य शिविरमा भएको थियो । २५ जनाले फिस्टुला र २० जनाले हाडजोर्नीसम्बन्धि परिक्षण गराएको आयोजकहरुले बताएका छन् ।
निुशल्क स्वास्थ्य परिक्षणमा कालिमाटीस्थित ज्योती अस्पतालले सहयोग गरेको थियो। उक्त कार्यक्रममा करिब एक हजारको उपस्थिती थियो ।
रोटरी क्लब अफ काठमाडौंले गत शुक्रबार बिहान चेतनामूलक घरदैलो तथा सरसफाई अभियान समेत संचालन गरेको थियो । सो अभियानको नेतृत्व रोटरी क्वल अफ काठाडौं, वेष्टका अध्यक्ष दिग्विजय विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्