Logo
Logo

शिक्षा नियमावलीविरुद्ध शिक्षकले गरे आन्दोलनको घोषणा


756
Shares

काठमाडौं ।  शिक्षा नियमावलीको दशौँ संशोधनमा गरिएको शिक्षक सरुवासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलन घोषणा गरेका छन् । ‘सरुवा पीडित शिक्षक केन्द्रीय सङ्घर्ष समिति’ले विज्ञप्ति जारी गर्दै उक्त संशोधनलाई तत्काल खारेजीको माग गरेको छ।

The current image has no alternative text. The file name is: teacher-5.gif

​शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भई सेवा प्रवेश गरेका करिब ४० हजार नयाँ पुस्ताका शिक्षकहरूले सरकारको पछिल्लो नीतिगत निर्णयले आफूहरूलाई निरास बनाएको संयोजन नेत्रलाल भट्टराईले बताए । शिक्षकको वास्तविक जीवन, भौगोलिक विविधता, पारिवारिक दायित्व र सामाजिक यथार्थलाई नबुझी ल्याइएको व्यवस्थाले शिक्षण पेसालाई निरुत्साहित बनाएको सङ्घर्ष समितिले जनाएको छ । 

साउन ९ गते जुम प्रविधिमार्फत आयोजना गरिएको नवप्रवेशी युवा शिक्षकहरूको बैठकले हतारमा ल्याइएको त्रुटिपूर्ण १०औँ संशोधन खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ​सङ्घर्ष समितिले साउन १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त प्रदर्शनमा देशभरका शिक्षक, शिक्षाप्रेमी तथा सरोकारवालाहरूलाई उपस्थित भई सहयोग गर्न समितिले आह्वान गरेको छ । 

आन्दोलनलाई देशव्यापी रूपमा परिचालन गर्न समितिले सातै प्रदेशका संयोजकहरूसहित केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारी समेत तोकेको छ।

प्रतिक्रिया दिनुहोस्