
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकबाट १४ प्रतिनिधिसभा सदस्य पाएको छ ।
प्रतिनिधिसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था भएकोले समानुपातिकमा १४ सिट पाएको माओवादीले १२ महिला र २ पुरुषको नाम निर्वाचन आयोगलाई सिफारिस गरेका छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएकाले माओवादीले १२ जना महिला सिफारिस गर्नु परेको हो ।
माओवादीले समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा निर्वाचन आयोगलाई बुझाएको सूचित यस्तो छ ।
आदिवासी महिलातर्फ–
१. दुर्गा राई
२. मीना तामाङ
३. उर्मिला माझी पौडेल
४. छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुषतर्फ–
५. हितराज पाण्डे
खस आर्य महिलातर्फ–
६. ज्ञानु बस्नेत सुवेदी
७. विमला सुवेदी
८. नारायणी शर्मा
थारु महिलातर्फ–
९. रुपा सोसी चौधरी
दलित पुरुषतर्फ–
१०. रणेन्द्र बराइली
दलित महिलातर्फ–
११. सुशीला श्रीपाली ठकुरी
मधेशी महिलातर्फ–
१२. मीना यादव
१३ उमरावती देवी यादव
मुस्लिम महिलातर्फ–
१४. कल्पना मियाँ














