Logo
Logo

निर्वाचन लगानी गर्ने र असुल्ने दोकान बन्यो : मुख्यमन्त्री भट्ट


882
Shares

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेको बताएका छन् । चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ छ ।

धनगढीस्थित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले भने, ‘चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेको पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेको चुनावी खर्चले त्यो सम्भावना झनै बढाएको छ ।’

पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेको उनले बताए । ‘गरिबले टिकटनै पाउँदैनन्,]उनले भने, ‘टिकट पाए पनि जितेको उदाहरण छैन ।’ आममतदाताले पनि पैसा पाए मात्रै भोट दिने गरेको मुख्यमन्त्री भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्