Logo
Logo

पृथ्वीनारायण शाहको शालिकमा सेनाले दैनिक सलामी दिने


630
Shares

गोरखा । गोरखा नगरपालिकाले सदरमुकामको पुरानो बजारस्थित ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक राख्ने तयारी गरेको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइमा ठूलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च अग्लो पूर्ण कदको शालिक बनाउने तयारी गरिएको हो ।

शालिक राख्ने तयारी गरिएको गोरखाको पुरानो बजार

शालिक निर्माणपछि प्रत्येक दिन पृथ्वीनारायण शाहकालीन पोशाक तथा हतियारमा नेपाली सेनाको शार्दुलजंग गुल्मको ११ जनाको टोलीले ‘राष्ट्र निर्माता सलामी’ अर्पण गर्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना गोरखाको रिपुमर्दन गणका गणपति हेमराज विष्टका अनुसार हरेक दिन बिहान सूर्याेदय र सर्यास्तको समयमा राष्ट्र निर्मातालाई सलामी अर्पण गरिने भएको छ। सलामी अर्पणको समयमा बिगुलमार्फत बिजयी ध्वनि बजाइने र माइक जडान गरेर ठूलोआँगनमा सुनिने व्यवस्था मिलाइने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्