Logo
Logo

राष्ट्रपति पौडेलले भक्तपुर पुगेर गरे दुर्गा भवानीको पूजाअर्चना


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर दुर्गा भवानीको पूजाअर्चना गरेका छन् ।

भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पुग्दा पूजाका अवसरमा देखाइने परम्परागत नृत्य प्रदर्शन गरिएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन तथा अवलोकन गरी पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए । नवदुर्गा मन्दिर परिसरमा ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली देवीको पूजा गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्