काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन सरकार निर्माण भएमा नेकपा एकीकृत समाजवादी प्रतिपक्षमै बस्ने भएको छ ।
आइतबार गठबन्धनबीच सहमति नभएपछि बालुवाटारबाट बाहिरिएलगत्तै पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेर अध्यक्ष माधव नेपालले एमाले–माओवादी गठबन्धनको सरकार बनेमा आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका हुन् ।

उनले नेताहरुसँग भने, ‘सत्ता गठबन्धनमा सहमति नजुटेपछि माओवादी केन्द्र बालकोट पुगेको छ । हामी कतै पनि जादैनौं । दुई पार्टीबीच सहमति भए संसदमा एकीकृत समाजवादी प्रतिपक्षमै बस्छ ।’
सोक्रममा अध्यक्ष नेपालले बालुवाटारबाट आफूसँग कुनै सल्लाह नै नगरी प्रचण्ड बालकोट गएको समेत बताए । यथास्थितिमा एमालेसँग सहकार्य हुन नसक्ने अध्यक्ष नेपालको भनाइ छ ।














