Logo
Logo

कांग्रेसका पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण यहि कात्तिक १२ गते हुने भएको छ । सभापति गगन थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिए पनि बाँकी पदाधिकारी र सदस्यहरू पद तथा गोपनीयताको शपथ लिएका छैनन् ।

गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । उक्त केन्द्रीय समितिमा निर्वाचित भएका र निर्विरोध भएका सभापति थापा बाहेकका २३० जनाको पद तथा गोपनीयताको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते गर्ने तयारी भइरहेको कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले जानकारी दिए । यद्यपी, निश्चित भने भइनसकेको उनको भनाइ छ ।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कहिले गर्ने भन्नेमा निश्चित नभएको कटुवालले बताए । शर्मा आज फर्किएपछि समय निश्चित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्