महोत्तरी । चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थीको संख्या घटेको छ ।

तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभर नै बाक्लो हुस्सु लागेर जाडो बढे पछि जाडो बिदा दिन थालिएको छ ।मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको नगर प्रमुख प्रमुख मोहन पाण्डेले जानकारी दिए ।
‘घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ’, उनले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् ।
जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति घटेको छ ।
मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।












