Logo
Logo

अनेरास्ववियूको केन्द्रीय पदाधिकारी बैठकमा संगठन विस्तारबारे छलफल


504
Shares

काठमाडौं । अनेरास्ववियूको केन्द्रिय पदाधिकारीको बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेकाे छ ।

बैठक अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बसेको हो । बैठकको एजेन्डाहरु निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भुमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतको रहेको बताएको छ ।
बैठक पार्टीका विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा भइरहेको अनेरास्ववियूका उपमहासचिव मिलन राईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्