Logo
Logo

सरकारमा जाने वा नजानेबारे निर्णय गर्दै एकीकृत समाजवादी


1.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे छलफल अगाडि बढाएको छ । पार्टी केन्दीय कार्यालय आलोकनगरमा जारी स्थायी कमिटी बैठकमा यसबारे छलफल भइरहेको स्थायी कमिटी सदस्य भबिशोर पराजुलीले जानकारी दिए ।

उनका अनुसार जारी बैठकमा वर्तमान समसामयिक विषयमा छलफल भइरहेको छ । जसमा एमाले र माओवादी केन्द्रलगायतको सरकारमा जाने वा नजानेबारे बैठकले निर्णय गर्ने उनले बताए ।

बैठकमा पार्टीको भावी कार्ययोजनाको बारेमा व्यापक छलफल गर्ने र गत निर्वाचनमा अपेक्षा गरेअनुसार किन मत आएन भन्ने बारेमा गम्भीर ढंगले छलफल हुने उनले बताए ।

नेकपा एमालेसँग एकता हुनेबारे पार्टीमा हालसम्म कुनै छलफल नचलेको र अहिलेको सन्दर्भमा कुनैपनि पार्टीसँग एकता नगर्ने पक्षमा पार्टी रहेको पनि उनले बताए ।

जारी बैठकमा पार्टी अध्यक्ष माधव नेपालले बैठकका एजेण्डा प्रस्तुत गरेका छन् भने वरिष्ठ नेता झलनाथ खनालले अहिलेको समसामयिक अवस्थाको बारेमा ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्