Logo
Logo

सर्वदलीय बैठकले प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्ने


945
Shares

काठमाडौं । पुस २५ गते सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । उक्त बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।

कार्यव्यवस्था पसार्मश समितिले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने भएता पनि उक्त समिति नै नबनेकाले सर्वदलीय बैठकबाट एजेन्डा तय गर्न लागिएको हो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर राणाले पहिलो बैठकका लागि एजेन्डा तय गर्न पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

पुस २२ गते दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्