
काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधवार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।












