
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठक सिंहदवारस्थित संसदीय दलको कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।
प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ । संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मंगलबार) बस्ने संसद बैठकमा विश्वासको मत लिँदै छन् । दलको बैठकमा उक्त विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।












