Logo
Logo

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेद्वारा सम्बोधन


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका छन् ।

The current image has no alternative text. The file name is: wakle-1.jpg

अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धिस् भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन् । 

अर्थ मन्त्रालयका अनुसार यसअघि अर्थमन्त्री वाग्ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए ।

बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको थियो ।

त्यसैगरी भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भए । यस क्रममा दुई नेताबिच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा रोचक प्रश्नोत्तर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्