Logo
Logo

सरकार बन्दाबन्दै ढाल्ने खेल सुरु भयो- केपी ओली


1.1k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बने सँगै ढाल्ने खेल सुरु भएको आरोप लगाएका थिए ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा अस्थिरता चाहने शक्तिहरूले सरकार ढाल्ने खेल सुरु गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने– ‘सरकार बन्दा नबन्दै सरकार ढाल्ने खेल सुरु भएको छ । अस्थिरता चाहनेहरू सरकार ढाल्ने खेलमा लागेको बुझियो । कसैलाई अनेक अफर गरेको सुनियो । यो गलत छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै यो सरकारलाई सफल बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्