Logo
Logo

लाइसेन्स निलम्बन गर्ने कार्य नरोके सडक आन्दोलन गर्ने चेतावनी


18.6k
Shares

काठमाडौं । एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष रवि केसीले यातायात मजदुरको लाइसेन्स निलम्बन गर्ने कार्य फिर्ता नलिए सडक आन्दोलन गर्ने बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका चालकलाई एकतर्फी कारवाहीको नाममा पचासभन्दा बढी चालकको लाइसेन्स निलम्बन गरि रोजगार खोसेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई यस्तो अमानवीय कार्य रोक्न गरेको आग्रहलाई बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिँदै उनले भने, ‘चालक अनुमतिपत्र निलम्बन गरेर रोजगार खोस्ने काम फिर्ता गर्नुर्छ । नत्र सडकमा उत्रिन बाध्य हुनेछौँ ।’

चालकले ट्राफिक नियमको पालना नगरे गल्ती स्वीकार्दै प्रहरीले दिने चिटमा हस्ताक्षर गर्नुपर्नेमा बर्दीको आडमा एकतर्फी चिट काट्ने गरेको भन्दै ट्राफिक प्रहरीले गल्ती गरे उसको आफ्नो निकायबाहेक अर्को निकायमा उजुरी नहुने भएकोले पनि ज्यादती बढेको अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्