Logo
Logo

गठबन्धन सरकार प्रतिगमनको पक्षमा छैन- केपी ओली


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार प्रतिगमनको पक्षमा नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार राष्ट्रियताको पक्षमा रहेको भन्दै वर्तमान गठबन्धन सरकार ‘कू’ ठाउँबाट सरकार बनाउने र प्रतिगमनतर्फ जाने पक्षमा नरहेको बताएका हुन् ।

उनले भने– ‘अहिलेको गठबन्धन प्रतिगमनको पक्षमा छैन, जाँदैन । कू ठाउँबाट सरकार बनाउने खेलमा जाँदैन । गठबन्धन राष्ट्रियताको पक्षमा छ ।’
अध्यक्ष ओलीले विगतमा आफूले गरेका संसद् विघटनलाई प्रतिगमन भनिएको प्रति विमति जनाउँदै संसदबाट सरकार बन्नु र संसदबाट सरकार ढल्नु प्रतिगमन नभएको तर अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्नु प्रतिगमन रहेको भन्दै नयाँ संसद्‌मा समेत ओलीले आफ्नो बचाउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्